एनसेलको लगानीकर्ता ‘आजियाटा’ नेपालबाट बाहिरिने

-



     सफल आवाज    
     मंसिर १३ गते २०८० मा प्रकाशित


Ncell Logo


काठमाडौं, १३ मंसिर। नेपालको पहिलो निजी दूरसञ्चार सेवा कम्पनी एनसेल आजियाटा लिमिटेडले नेपालबाट आफ्नो लगानी फिर्ता लैजाने भएको छ। कम्पनीले आर्थिक चुनौती देखिएको भन्दै आफ्नो लगानी फिर्ता लैजाने भएको हो।

बुधबार कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने बताएको छ। यसका लागि नेपालका नियामक निकायहरुलाई समेत जानकारी गराइसकेको बताएकाे छ।

यो निर्णयले आजियाटालाई थप मजबुत बनाउने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने कम्पनीको विश्वास छ । एनसेलले हाल नेपालका १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।