सामाजिक सुरक्षा काेषका याेगदानकर्तालाई सेवा दिए बापत पाेखराकाे ग्यालेक्सी हस्पिटल सम्मानित

-



     सफल आवाज    
     मंसिर १४ गते २०८० मा प्रकाशित



पाेखरा, १४ ,मंसिर। सामाजिक सुरक्षा काेषका याेगदानकर्तालाई सेवा दिए बापत पाेखराकाे ग्यालेक्सी हस्पिटल सम्मानित भएकाे छ । छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा अायाेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उत्कृष्ठ याेगदान दिएकाे भन्दै ग्यालेक्सी हस्पिटललाइ सम्मान गरेका हुन। साे अवसरमा हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले प्रसंशापत्रसहित सम्मान ग्रहण गरेका थिए।

याे महत्वपुर्ण सम्मान प्राप्तीका लागि अहोरात्र खटेर स्वास्थ्य सेवा प्रदान गर्नु हुने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मी हरुलाई हस्पिटल ब्यबस्थापनले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेकाे छ । साथै हस्पिटलले आगामी दिनमा थप जिम्मेवार भई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेकाे छ ।

सामाजिक सुरक्षा काेषका याेगदानकर्तालाई सेवा दिन गण्डकी प्रदेशमा पहिलो हस्पिटलको रुपमा सेवा शुभारम्भ गर्ने अवसर उपलब्ध गराउनु भएकोमा डा रोशन कोजु लगायत कोषका उच्च पदाधिकारी, सदस्य तथा योगदानकर्ताहरुप्रति ग्यालेक्सी हस्पिटलले धन्यवाद व्यक्त गरेकाे छ ।

ग्यालेक्सी हस्पिटलले २०७९ बैशाख महिनादेखि कोषका सदस्यहरुलाई नियमित सेवा प्रदान गर्दै आईरहेको बताइएकाे छ ।
सामाजिक सुरक्षाकोष अन्तरगतका स्वास्थ्य उपचार, औषधी र मातृत्व सुरक्षा योजनाका सेवाहरु रहेको छ ।

जसअनुसार OPD एक आर्थिक बर्षमा बढिमा २५००० र IPD सेवामा बढिमा १,००,००० सम्मको उपचार खर्च रहेको छ । उक्त उपचार खर्चमा योगदानकर्ताले सहुलियत दरको मात्र २० प्रतिशत शुल्क भुक्त्तानी गरेर सम्पुर्ण स्वास्थ्य उपचार सेवा लिन सक्ने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले बताए ।