मञ्जुश्री फाइनान्सले गर्याे लाभांश वितरणकाे घोषणा

-



     सफल आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ मंसिर । मञ्जुश्री फाइनान्सले सेयर लगानीकर्ताहरुका लागि ५.२५३ प्रतिशत नगद लाभांश वितरणकाे घाेषणा गरेकाे छ । कम्पनीले गत वर्षको मुनाफाबाट साे लाभांश दिने घोषणा गरेको हाे ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिकेा बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ५.२५३ प्रतिशत नगद लाभांश र त्यसकाे कर प्रयोजनसहित लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसका लागि फाइनान्सले ७ करोड ११ लाख ३२ हजार रुपैयाँ वितरण गर्ने भएकाे छ । 

फाइनान्सले घाेषणा गरेकाे लाभांश वितरणकाे प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा कम्पनीकाे आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ । गएकाे वर्षमा कम्पनीले लाभांश वितरण गरेको थिएन ।

फाइनान्सले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्ताहरुकाे लागि ४ प्रतिशत बाेनस र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।