सोमालियामा बाढीबाट १०० को मृत्यु: संयुक्त राष्ट्रसंघ

-



     सफल आवाज    
     मंसिर १६ गते २०८० मा प्रकाशित


In this image made from video, residents move through floodwaters on a street in the town of Beledweyne, in Somalia Sunday, Nov. 19, 2023. First, some families fled drought and violence. Now they say they have nowhere to hide from intense flooding as rainfall exacerbated by the weather phenomenon El Nino pummels large parts of Somalia. (AP Photo)


संयुक्त राष्ट्रसङ्घ, १६ मङ्सिर । सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ ।

“देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ,” एजेन्सीले उल्लेख गरेको छ । मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन् ।

संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाए अनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ । पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन्।