४ अर्ब ३९ करोड ८० लाख मुद्दतीमा लगानी गर्दै केन्द्रीय बैंक

-



     सफल आवाज    
     मंसिर १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ मंसिर । केन्द्रीय बैंक नेपाल राष्ट्र बैकले विभिन्न कोषहरूमा रहेको ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषकाे १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे जनाएकाे हाे । 

बैंकले २०८० साल पुस १ गतेदेखि २०८१ पुस १ गतेसम्म १ वर्ष अर्थात ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गर्न लागेको सूचनामा जनाएकाे छ । मुद्दति निक्षेपकाे रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले यही मंसिर १७ गतेदेखि १९ गते राती ७ बजेभित्र लिन चाहेको रकम र साे रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर आवेदन दिनुपर्नेछ । 

बैंकले यसका लागि ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुले आवेदन दिन पाउने बताएकाे छ । बैंकले ताेकेका शर्तहरू पालना गरिएकाे हुनुपर्ने उल्लेख गरेकाे छ ।

यस्ताे छ सूचना: