राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर, नियमन विभाग प्रमुखमा गुरु पौडेलको सरुवा

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरुको जिम्बेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकले एकै पटक ५ जना कार्यकारी निर्देशकहरुको बिभिन्न बिभागमा सरुवा गर्ने निर्णय गरेको हो । श्रोतका अनुसार राष्ट्र बैंकको महत्वपुर्ण विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यकारी निर्देशक गुरु पौडेलको सरुवा भएको छ ।

पौडेल यसअघि भुक्तानी प्रणाली विभागको प्रमुखकाे जिम्मेवारीमा थिए । यो विभागले ‘क’ देखि ‘घ’ वर्गका बेंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने कार्य गर्दछ ।

यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्बेवारीमा रहेका डा. गुणाकर भट्टको भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ । यसैगरी विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको भएको छ ।

वित्त व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई मानव शंसाधन विभाग प्रमुख बनाइएको छ । राष्ट्र बैंक श्रोतका अनुसार आगामी २४ गतेदेखि लागू हुने गरी अहिले ५ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो ।