बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्युः ३५ जना घाइते

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



बैंकक, १९ मङ्सिर । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने, २५ जना घाइते भएका छन् ।

दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ जाँदै गरेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।