एमालेकाे ‘झुलाघाट-चिवाभञ्याङ संकल्प यात्रा’ काे टाेली मंसिर २१ मा कास्की आइपुग्ने

- जनताका गुनासा सुन्ने र सुझाव संकलन गर्ने

-



     सफल आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित



पोखरा, १९ मंसिर । नेकपा एमालेको मंसिर १४ गतेदेखि शुरु मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानको टोली मंसिर २१ गते कास्कीमा आईपुग्ने जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर शुरु भएको “झुलाघाट चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्रा” अभियानको टाेलीलाई एमाले कास्कीले मंसिर २१ मा पोखरामा स्वागत गर्ने र २२ गते कास्कीबाट बिदाई गर्ने बताएको छ ।

एमाले कास्कीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर सो अभियानको जानकारी दिदैं मुख्यगरी पहाडी क्षेत्रको विकासका लागि रणनीतिक महत्वका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी संरचना र विद्युतीकरणमा जोड दिएको छ ।

समस्याहरु कहाँ छन् ? किन पूर्वाधार र उत्पादनको विषय जोडिन सकेको छैन ? हाम्रो विकास र पूर्वाधार निर्माणको ढाँचामा नै कुनै समस्या क कि ? छन् भने समाधान कसरी गर्न सकिन्छ ? पहाडलाई विकास र समृद्धिको नमूना कसरी बनाउन सकिन्छ ? भन्ने बारेमा अभियानले जवाफ खोजिरहेको एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङले बताए ।

गुरुङले अहिले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र प्राप्त भएका उपलव्धिलाई अवमूल्यन गर्दै समाजमा नकारात्मक मनोविज्ञान र नैरास्यताको अवस्थालाई अन्त्य गरेर मुलुक बन्छ, बन्दैछ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु रहेको बताए । उनले उपलव्धिहरुको रक्षा र संवर्धन गर्नु तथा समाजमा सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उदेश्य रहेको बताए ।

यो वर्ष नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष भएकोले ७५ वर्ष अगाडी पुष्पलाल लगायतका अग्रजले निर्माण गरेको पार्टीको हिरक वर्ष जस्तो महत्वपूर्ण “माइलस्टोन” उहाँकै नाममा निर्माणको भईरहेको पुष्पलाल लोकमार्गमा केन्द्रित भएर अभियान चलाउनु महत्वपूर्ण रहेको बताए ।

अभियानाक क्रममा जनसभा, जनभेला र भेटघाट भईरहेका छन् । विद्यालय तथा कलेजका विद्यार्थीसंग छलफल, किसानसंग छलफल, कृषि बैज्ञानिकसंग छलफल, विकासको अवलोकन, नमूना काम गरिरहेका उद्यमीसंग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरुको अवलोकन, जनताका गुनासा सुन्ने र सुझाव संकलन गर्ने रहेका छन् ।

एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले नेता खगराज अधिकारी, नेत्री थममाया थापा, कृष्ण बहादुर थापा, राजिव पहारी, कास्की उपाध्यक्ष तेजनारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो । संचालन उपसचिव दर्शन लामाले गरेका थिए ।

संकल्प यात्राको टोलीको कास्की जिल्लामा हुने कार्यक्रमकाे समयतालिका यहाँ छ