पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

-



     सफल आवाज    
     मंसिर २१ गते २०८० मा प्रकाशित



लिमा, २१ मङ्सिर । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए ।

संवैधानिक अदालतले मङ्गलबार “तत्काल रिहा” आदेश जारी गरेपछि उनी जेलमुक्त भएका थिए । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किएका हुन्।

रिहाइपछि उनलाइ परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए । केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।