लाभांश पारित गर्न भगवती हाइड्रोले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     मंसिर २५ गते २०८० मा प्रकाशित



काठमाडाैं, २५ मंसिर । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांशकाे प्रस्ताव पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुका लागि वितरण गरिने लाभांशकाे प्रस्ताव पारित गर्न २३औं साधारण सभा बाेलाएकाे हाे ।

सभा काठमाडाैं, नयाँ बानेश्वरस्थित थापागाउँमा रहेकाे अर्पण बैंक्वेटमा पुस २४ गते बिहान १० बाेलाइएकाे छ । सभामा हाल कायम रहेकाे चुक्ता पूँजीको १०.५२६३ प्रतिशतले हुने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांशकाे प्रस्ताव पारित गरिने भएकाे छ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिका सदस्यहरूकाे चयन गरिने भएकाे छ । संस्थापक सेयररधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । यस्तै लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमािथ छलफल गरी पारित गरिने भएकाे छ ।

साधारण सभाकाे प्रयोजनका लागि पुस ५ गते बुकक्लोजकाे मिति तय गरिएकाे छ। साे साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरूले पुस ४ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका ससेयरधनीहरूले मात्रै साधारण सभामा भाष लिन र लांभाश प्राप्तिका लागि याेग्य मानिनेछन् ।