ग्लोबल आइएमई बैंककाे अध्यक्षमा पुन: चन्द्र ढकाल चयन

-



     सफल आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ मंसिर । ग्लोबल आइएमई बैंककाे अध्यक्षमा पुन: चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन । नवनिर्वाचित संचालक समितिकाे बैठकले अध्यक्षमा चन्द्रप्रसाद ढकाललाइ निर्विरोध चयन गरेकाे बताइएकाे छ। उक्त साधारणसभामा सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

बैंकको बिहिबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जना गरी जम्मा ६ जना संचालकको निर्वाचन गरेको थियाे ।

संस्थापक शेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका थिए भने सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका हुन ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।