नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक उद्घाटन

-



     सफल आवाज    
     मंसिर ३० गते २०८० मा प्रकाशित



काठमाडाैं, ३० मंसिर । नबिल सेक्युरिटिजकाे नाममा संचालनमा आएकाे नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक रूपमा उद्घाटन गरिएकाे छ ।

गएकाे भदाै २० गतेदेखि नबिल सेक्युरिटिजकाे नाममा ब्राेकर सेवा दिइरहेकाेमा अब नाम परिवर्तन गरेर नबिल स्टक डिलरकाे नामबाट काराेबार हुने भएकाे छ ।

प्रमुख कार्यकारी अधिकृत शुरेश देवकाेटाले छिट्टै लगानीकर्तालाई मार्जिन ल्याण्डिङकाे सेवा दिने बताए । उनले ब्राेकरेज सेवा, पाेर्टफाेलियाे म्यानेजमेण्ट, अन्डरराइटिङ लगायतका सेवाहरू प्रदान गरिने बताएका छन् । उनले नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने प्रतिबद्दता ब्यक्त गरे ।

स्टक डिलरका अध्यक्ष निरज गिरीले आफूहरूले भइरहेकाे ग्राहक तान्ने भन्दा पनि नयाँ ग्राहककाे खाेजी गर्ने बताए । उनले भने, ‘नबिल डिलरले नयाँ प्रडक्टका साथ नयाँ ग्राहक तान्ने याेजना बनाइरहेकाे छ ।’

साे अवसरमा  नबिल बैकका अध्यक्ष उपेन्द्र पाैडेलले डिलरले नाफा कमाउन मात्रै काम नगर्ने र सेवामा गुणस्तरमा ध्यान दिने बताए । उनले नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नबिल स्टक डिलरले  ७७ नम्वरबाट ब्राेकरेज सेवा दिन थालेकाे हाे ।