कुमुदिनी होम्स माबिले मनायो ३७औं स्थापना दिवस तथा पुरस्कार वितरण समाराेह

-



     सफल आवाज    
     मंसिर ३० गते २०८० मा प्रकाशित



पोखरा, ३० मंसिर । पोखराकाे गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले भव्य समारोहबीच ३७औं स्थापना दिवस, पुरस्कार वितरण समाराेह तथा अभिभाबक दिवस मनाएको छ ।

साे अवसरमा विद्यालयले विभिन्न तहमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ । साथै विभिन्न विधागत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हाँसिल गरेका विद्यार्थीलाई सम्मान गरेको थियाे । साथै विद्यालयले २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान समेत गरेको थियाे ।

३७औं स्थापना दिवस समाराेहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निरन्तर उत्कृष्ट शिक्षा प्रदान गर्दै ३७ औं स्थापना दिवस सभ्य भव्य समारोहबीच मनाईरहेको कार्यक्रममा आउन पाउदा खुसि लागेकाे बताए ।

मेयर आचार्यले विद्यालय हाताभित्र छिरेर यसो नियालेको त विद्यालय म्युजियम जस्तो, सांस्कृतिक सम्पदायुक्त, प्राकृतिक हरियाली र यहाँकाे व्यवस्थापन पक्ष डिउटीफुल रहेकोमा खुसी व्यक्त गरे ।

उनले शैक्षिक नतिजा पनि उत्कृष्ट ल्याउनका लागि डिउटीफुल हुनुपर्ने बताउदै यस्तो परिपाटीलाई कायम राख्न सल्लाह दिए । उनले भने, तपाँईहरुले उत्पादन गर्ने विद्यार्थीहरु पक्कै पनि अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुनेछन्।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले २०४४ साल पुष २ मा स्थापना भएको विद्यालय ३७औं वर्षमा प्रवेश गर्नुमा अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षा नियमन निकाय सबैकाे सहयाेग भएकाे भन्दै सबैप्रति आभार व्यक्त गरे ।

२०७९ सालको एसइई २७औं व्याचमा ९४ जना विद्यार्थी सहभागि भएकोमा नतिजा सन्तोषजनक रहेको बताए । उनले ए प्लस ७ जनाले, ए १७ जनाले, बी प्लस २९ जनाले, बी २४ जना, सी प्लस २४ जना रहेको बताए ।

२०८० सालको एसइईमा ८६ जना सहभागि भएका र उनीहरुलाई अतिरीक्त क्रियाकलापमा सहभागि गराईएको, विभिन्न खेलकुद, साहित्यिक, नृत्य लगायतका विधाहरुमा उत्कृष्टता प्राप्त गर्न सफल भएको बताए ।

  • सो अवसरमा अध्यक्ष पालिखेले मेयर आचार्यको ध्याकर्षण गराउँदै नीजि स्तरबाट संचालन भएका विद्यालयले गरेका कामहरुको उचित मूल्यांकन गरिदिन आग्रह गरे । उनले विद्यालयमा आएर अनुगमन गरिदिने र राम्रो गरेकालाई प्रोत्साहन गर्न कन्जुस्याई नगर्न आग्रहसमेत गरेका थिए । साथै उनले नियन्त्रणमुखि नभई अनुगमनकाे वातावरण बनाउन र पोखरालाई शैक्षिक हबको रुपमा विकास गर्ने सोंच बनाउन आवश्यक भएको बताए ।

शिक्षाका लागि सम्झौता हुनै नसक्ने बताउँदै पालिखेले विद्यालयले आफ्नो उदेश्य नै “सधैं उच्च लक्ष्य” रहेको बताए । यसका लागि समय समयमा विद्यार्थी, शिक्षक तथा विद्यार्थीका लागि तालिम र परामर्शका कार्यक्रमलाई निरन्तरता दिईएको बताए । म यो पनि दावि गर्छु कि प्रदेशमा सबैभन्दा बढी शिक्षक, विद्यार्थी र अभिभावकका लागि तालिम तथा परामर्शको कार्यक्रम गर्ने कुमुदिनी नै हो ।

उनले समय अनुसारको शिक्षा पद्धतिलाई अंगालेको र विश्वमा विकास भईरहेको शैक्षिक तथा प्रविधियुक्त नयाँ विषयहरु विद्यालयमा भित्र्याएको बताए ।

अध्यक्ष पालिखेले ५ कक्षासम्म आईपीसि कक्षा संचालन गरिएको, कक्षा १ देखि १० सम्म थ्रि डिआई कक्षा संचलन गरिएको, कक्षा ६ देखि ८ सम्म चाईनिज भाषा संचालन गरिएको र मिडास कक्षा ५ सम्म संचालन गरिएको बताए । विद्यालयमा २०७९ सालबाट कक्षा १२ सम्म साईन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टका विषयको अध्यापन भईरहेको बताए ।

सामाजिक उत्तरदायित्व बहन

पालिखेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले सामाजिक उत्तरदायित्वलाई अंगिकार गरेको बताए । उनले १०० विद्यार्थीलाई पूर्ण, आंशिक छात्रबृत्तिमा पढाईरहेको, हिमालयन प्रावि लप्सिटाकुराका ३९ विद्यार्थी र बाराही प्रावि खाँदरजुङमा बिगत ७ वर्षदेखि ४३ विद्यार्थीका लागि पोशाक, दिवाखाजा, स्टेशनरी, उपलव्ध गराईरहेको बताए । साथै आवश्यक भौतिक निर्माणमा सहयोग गरेको जानकारी दिए ।

यसपटक विद्यालयको तर्फबाट जाजरकोटका भूकम्प पिडितको सहयोगको लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको समेत उनले बताएका थिए । लोटस फाउण्डेशन जर्मनीबाट दिवा खाजाका लागि २ लाख २० हजार र स्कुल ड्रेसका लागि र शिक्षाका लागि करिब ७ लाख सहयोग भएको बताइएकाे छ । प्रतिक पौडल, सवीना गौतम र संगीता तामाङले २ देखि कक्षा ८ सम्म पूर्ण छात्रबृत्तिमा अध्ययन गरिरहेका छन् । दुई प्राविका विद्यार्थीका लागि कुमुदिनीका विद्यार्थी र विद्यालयको तर्फबाट १ वर्षका लागि कपि, कलम, इरेजर सहयोग हुँदै आएको बताए ।

विविध सम्मान र पुरस्कार वितरण

विद्यालयले ३७औैं स्थापना दिवसको अवसरमा एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने राजनराज आचार्यलाई कुमुदिनी विद्यापदकबाट सम्मान गरेको छ । उनलाई नगद १५ हजार, विद्यापदक, फूलमालासहित सम्मान गरिएको हो । यस्तै विद्यालयले कक्षा १ देखि ९ सम्मका हरेक कक्षाबाट उत्कृष्ट १०-१० जना विद्यार्थीलाई सम्मान गरेको थियाे ।

यस्तै वेष्ट प्रिफेक्ट २०७९ तर्फ इरिन गुरुङ कक्षा १० बी र कक्षा १० सी कि मानुसी भण्डारीलाई सम्मान गरिएको छ । स्पोर्टस् स्टार अफ द इयर २०७९ बाट प्रमिस थापा कक्षा १० सी, आयुश्री पहारी १० सी रहेका छन् ।

डान्स स्टार तर्फ बिवेक सुवेदी कक्षा ७ ए, दिलासा तामाङ १० बी, बेष्ट आर्टिष्ट अफ द इयरतर्फ सदिक्षा राना कक्षा १२ विज्ञान, बेष्ट म्युजिक अवार्डतर्फ सिजन लम्साल ४ बी र कुमुदिनी लिटरेरी अवार्ड जेसिका बानियाले १० सीले प्राप्त गरिन् ।

कर्मचारीलाई सम्मान

विद्यालयले २० वर्ष काम गरेका कर्मचारीलाई सम्मान गरेको छ । सावित्री वराललाई नगद २० हजार, दोसल्ला, माला र सरस्वतीको मूर्ति अर्पण गरेको छ । २१ वर्ष लेखामा सेवा गरेकी कमला थापालाई नगद १५ हजार, दोसल्ला लगाई सम्मान गरिएको छ । यस्तै ड्राईभर सुरज शर्मालाई नगद ७ हजार, दोसल्ला र माला, बेष्ट सिस्टर सनम शाक्यलाई नगद ७ हजार, दोसल्ला र माला, अलराउण्डर सजिना गुरूङलाई ७ हजार, दोसल्ला र माला तथा बलेश्वर गुरुङलाई नगद ७ हजार, दोसल्ला र माला लगाएर सम्मान गरियो ।

सोहि अवसरमा विद्यालयले लोटस फाउण्डेशन जर्मनीबाट आएको खाजा खर्चबापत १ लाख १० हजारमा हिमालयन प्रावि लप्सिटाकुराका प्रधानाध्यापक माधव गौतम र बाराही प्रविका प्रअ राम आचार्यलाई ५०/५० हजार हस्तान्तरण गरेकाे छ । यस्तै अपांगता तथा मैत्री समाज भण्डारढिकका लागि खाद्यान्न सामग्रि हस्तान्तरण गरिएको थियाे ।

कार्यक्रममा सबै तहका विद्यार्थीहरुले विभिन्न समुदाय र स्थानमा प्रचलित गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । समाराेहकाे व्यवस्थापनका लागि सहप्राचार्य मन बहादुर भुजेल, मुशेश कुमार अधिकारी, शिक्षिका सजनी माजु लगायतकाे टिम खटेका थिए । विद्यालयका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा यसअघि सहभागि सबैलाई कक्षा १२ कि विद्यार्थी रचना तिवारीले स्वागत गरेकी थिईन । कार्यक्रमकाे संचालन शिक्षक केशव अधिकारीले गरेका थिए ।