हिमालयन रि इन्स्योरेन्सकाे आईपीओकाे आवेदन म्याद थपियाे

-



     सफल आवाज    
     पौष १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ पुस । हिमालयन रि इन्स्योरेन्सकाे सेयर आईपीओमा अब पुस ११ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेकाे थियाे । आवेदन दिने म्याद थप भएपछि पुस ११ गते निष्काशन बन्द हुनेछ।

कम्पनीले रूपैयाँ ३ अर्ब बराबरको ३ करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो। यसमा प्रतिसेयर अंकित रूपैयाँ १०० मा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २०६ रुपैयाँकाे दरले हुने ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर खुलाएकाे हाे ।

यसमा ६ लाख कित्ता कर्मचारीका लागि रहेकाे छ । उता वैदेशिक रोजगारीमा गएकाहरूकाे लागि ३ करोड कित्ता बाँडफाँड भइसकेकाे छ । सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता बाँडफाँड भइसकेपछि दोस्रो चरणमा बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिएकाे हो।

लगानीकर्ताले घटीमा १० तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन पाउने छन्। सेबाेनबाट स्वीकृति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ।

यस्तै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।