चीनमा ६.२ म्याग्निच्यूटको भूकम्प जाँदा १११ जनाकाे मृत्यु

-



     सफल आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ पुस । चीनमा आज बिहान ६.२ म्याग्निच्यूटको भूकम्प गएको छ । भूकम्पमा परी १११ जनाभन्दा बढीको मृत्यु भएकाे बताइएकाे छ । सयौं घाइते भएका छन् ।

अन्तराषट्रिय समाचार संस्था रोयटर्सका अनुसार ६.२ म्याग्निच्यूटको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको अनुमान गरिएकाे छ ।  चीनको विकट उत्तरपश्चिम क्षेत्र कान्छु र छिङहाइमा धेरै क्षति भएको भनिए नपि एिकन विवरण आएकाे छन ।

भूकम्प आज बिहान २ बजे गएको बताइएकाे छ । यसबाट भएकाे क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाे छ । भूकम्पले विद्युत, यातायाय, सञ्चार अवरुद्ध पारेकाे छ ।