नविल बैंक र उपाय बिजनेश सोलुशन्स बिच व्यवसायिक सम्झौता

-



     सफल आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित




काठमाडाैं, ६ पुस। नविल बैंक लिमिटेड र उपाय बिजनेश सोलुशन्स बिच व्यवसायिक सम्झौता भएकाे छ। बैंकका ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु बैंकका ग्राहकहरुले सहुलियत दरमा प्रयाेग गर्ने पाउने गरि सम्झौता भएको हाे।

यस सम्झाैता अन्तर्गत बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सबाट सेवा लिने सक्नेछन।

त्यसैगरि उपाय बिजनेश सोलुशन्सले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञ सेवा उपलब्ध गराउने बताएकाे छ।