
काबुल, ७ पुस । गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।
“अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलोन्युजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ ।
फर्कन बाँकी शरणर्थीमध्ये अधिकांश इरानबाट तथा हजारौं टर्किएबाट रहेको मुजाहिदले बताए। २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै सङ्ख्या इरानमा बस्दै आएका छन् ।
शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्री अर्सला खरोतीले दैनिक हजारौं अफगान शरणार्थी स्वदेश फर्किएको पुष्टि गरेका छन् । अधिकारीहरूका अनुसार लाखौं अफगानीहरू विदेशमा शरणार्थीको रूपमा बस्दै आएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




