देशका सातै प्रदेशमा आंशिक बदली, तराईमा कुहिरो

-



     सफल आवाज    
     पौष १४ गते २०८० मा प्रकाशित



काठमाडाैं, १३ पुस । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। दिउँसोवाट पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जनाएकाे छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

पुस १४ गते (शनिबार)

दिउँसो:  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत  कोशी  र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही  बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

पुस १५ गते (आइतबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बांकी भू-भागमा आंशिक बदली र मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुस १६ गते (सोमबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

बदली र हिमपातका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता  अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।