
काठमाडाैं, १६ पुस । घलेम्दी हाइड्रो लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज साेमबार अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर १० गतेदेखि हकप्रद सेयर निष्काशन गरेकाे थियाे ।
कम्पनीका अनुसार हाल कायम रहेकाे १ कित्ता बराबर नयाँ २ कित्ता सेयर जारि गरिएकाे थियाे । अर्थात कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड १० लाख कित्ता हकप्रद जारि गरेकाे हाे ।
कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि कात्तिक ३ गते बुकक्लोज गरेकाे थियो। आवेदन दिनका लागि सेयरधनीहरूले कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।
हकप्रद सेयरम लगानी गर्न चाहने लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।
यस्तै सेबाेनबाट अनुमति लिएका सिआस्वा सेवाका सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।
कम्पनीको चुक्ता पूँजी रूपैयाँ ५५ करोड रहेकाे छ। हकप्रद सेयरकाे बिक्रीपछि चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्ने भएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




