
मेक्सिकोसिटी, २० पुस । उत्तरी मेक्सिकोमा उद्धार गरिएका ३२ आप्रवासी अपहरण गर्ने गिरोहले संयुक्त राज्य अमेरिकामा रहेका अपहरितहरूका आफन्तसँग रकम असुल्न खोजेको मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले शुक्रबार बताएका छन् ।
मेक्सिकोको तमाउलिपास राज्य हुँदै अमेरिकी सीमासम्म बसमा यात्रा गर्ने क्रममा शनिबार ती आप्रवासीको अपहरण गरिएको थियो । अपहरण र फिरौतीको धम्कीका कारण मेक्सिकोका धेरै राजमार्गहरू खतरनाक मार्ग मानिन्छन् ।
“अपहरणकारीले बसका चालक र मेक्सिकोका यात्रुलाई रिहा गरेका छन्”, राष्ट्रपति लोपेज ओब्राडोरले बिहानको नियमित भेटघाटका क्रममा भने, “अपहरणकारीले खोजी अभियानको एक भागको रूपमा अधिकारीहरू तैनाथ गरिएको थाहा पाएपछि उनीहरूलाई रिहा गर्ने निर्णय गरेका थिए ।”
“अनुसन्धान जारी छ,” उनले भने, “अहिलेका लागि, उनीहरूलाई ‘सुरक्षित र स्वस्थ’ जीवितै रिहा गरिएकोमा खुशी मनाऔँ ।” मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युटले बिहीबार अबेर राति जारी विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले आप्रवासीहरूलाई मानवीय आधारमा भिसा प्रदान गर्नेछ र उनीहरूलाई सार्वजनिक सेवाहरूमा पहुँच प्रदान गर्नेछ ।”
तामौलिपासका गभर्नर अमेरिको भिल्लारियलले मिलिनियो टेलिभिजनलाई दिएको जानकारीअनुसार अपहरणमा परेकामध्ये एक वर्षीय बालकसहित नौ जना बालबालिका रहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




