२ अर्ब ४४ करोड मुद्धती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकमा आजसम्म प्रस्ताव पेश गर्न सकिने

-



     सफल आवाज    
     पौष २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ पुस । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रुपैयाँ २ अर्ब ४४ करोड रकम मुद्धती निक्षेपमा लगानीका लागि प्रस्ताव पेश गर्ने आज अन्तिम दिन बाँकी रहेको छ । लगानीका लागि आज बेलुका ७ बजेसम्मको समय रहेको छ ।

राष्ट्र बैंकले तोकेका शर्तहरुमा रहेर बैंक तथा वित्तीय संस्थाहरुले मुद्धती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरिएको रकमको ब्याजदर खुलाएर तोकिएको ढाँचाको फारमलाई पिडिएफ फर्मेटमा स्क्यान गरी इमेलमा पठाउनु पर्नेछ ।

यसका लागि राष्ट्र बैंकले fmdbid@nrb.org.np उपलव्ध गराएको छ । साे फाइल पासवर्ड प्रोटेक्टेड हुनुपर्नेछ । पासवर्ड मंसिर २३ गते बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म fmdbid@nrb.org.np जानकारी गराउन राष्ट्र बैंकले अनुरोध पनि गरेको छ ।

मुद्धती निक्षेपमा लिने रकमको अवधि २०८० साल माघ ५ गतेदेखि २०८१ साल माघ ५ गतेसम्म ३६६ दिनका लागि रहेको छ ।यसमा ग बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुको लागि १२ करोड २० लाख रहेको छ ।

ख बर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुको लागि ३६ करोड ६० लाख तथा क बर्गका वाणिज्य बैंकहरुका लागि १ अर्ब ९५ करोड २० लाख रुपैयाँ गरी कुल २ अर्ब ४४ करोड रहेको राष्ट्र बैंकले जनाएकाे छ ।