नारायणी डेभलपमेन्ट बैंकले पायाे हकप्रद बिक्रीकाे अनुमति

-



     सफल आवाज    
     पौष २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ पुस । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्नका लागि अनुमति प्राप्त गरेकाे छ ।

नेपाल धितोपत्र बोर्ड सेबाेनले १:१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि स्वीकृति दिएकाे हाे । 

अब बैंकले प्रतिकित्ता १०० रुपैयाँको भाउमा हकप्रद जारी गर्नेछ । बैंकका चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ७००  रुपैयाँ रहेको छ । हकप्रद जारी गरिएपछि चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्ने भएकाे छ ।

बैंकले २०७९ भदौ ९ गते हकप्रद सेयर बिक्रीका लागि अनुमति मागेकाे थियो । साे आवेदन दिएको १६ महिनापछि स्वीकृति पाएको हो।