लाओस प्रहरीले सन् २०२३ मा ६ हजारभन्दा बढी आपराधिक मुद्दा छिन्यो

-



     सफल आवाज    
     पौष २४ गते २०८० मा प्रकाशित



भेन्टियान, २४ पुस । लाओस प्रहरीले सन् २०२३ मा कुल ७ हजार ९९६ वटा आपराधिक मुद्दाहरू अध्ययन गरी ६ हजार ७५३ वटा मुद्दा छिनेको छ । ती मध्ये धेरै जसो मुद्दाहरू लागुऔषध कारोबार र ओसारपसार सम्बन्धी छन्।

लाओसको सार्वजनिक सुरक्षा मन्त्रालयले जनवरी ४ देखि ५ सम्म लाओको राजधानी भेन्टियानमा सन् २०२३ मा सञ्चालन गरिएका कानून र व्यवस्थाका विषयमा समीक्षा गर्न र सन् २०२४ का लागि योजना तय गर्न बैठक आयोजना गरेको लाओ सुरक्षा समाचारले मङ्गलबार जनाएको छ।

सन् २०२४ मा सार्वजनिक सुरक्षा अधिकारीहरूले राष्ट्रको बलियो राजनीतिक स्थिरता सुनिश्चित गर्न तथा शान्त र व्यवस्थित समाजको निर्माण गर्न र आधुनिकताको बाटोमा थप प्रगति गर्न जारी राख्ने पनि विलाले जानकारी गराए।

गत वर्षको सफलतासँगै राजनीतिक शान्ति सुरक्षा सुनिश्चित गर्न पार्टी निर्माण गर्न, प्राविधिक अधिकारीहरूको काममा सुधार ल्याउन विशेष योजना ल्याउने लगायतका थप कार्यभार रहेको बताइएको छ ।