इरान-पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

-



     सफल आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित



संयुक्त राष्ट्रसङ्घ, ५ माघ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्।

महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गरेको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरे।

महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्त अनुसार शान्तिपूर्ण संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिए ।

मङ्गलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतङ्कवादी आधारहरू’ मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतङ्कवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो ।