
काठमाडौं, १६ माघ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही समयकाे भन्दा बृद्धि भएकाे छ।
यस चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिएकाे छ। जाे गएकाे वर्षको समयकाेभन्दा ४७.९० प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा कम्पनीकाे नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो।
कम्पनीले विद्युत बिक्रीबाट ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। जाे गएकाे वर्षको सोही अवधिकोभन्दा ४.९४ प्रतिशतले बढी हो। कम्पनीको कुल नाफामा ४.२६ प्रतिशतले बढेको छ । अन्य आम्दानी १९.५३ प्रतिशतले घटेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३ पैसा बढेर १२ रुपैयाँ ४३ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २७.७४ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । इक्विटी १९ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




