१७ औं बिटी कप फागुन १ गते बाट हुने

-



     सफल आवाज    
     माघ २६ गते २०८० मा प्रकाशित



पोख, २६ माघ । बुद्धटोल युवा क्लबको आयोजना हुने ’सातौं विरेन स्मृति एबम् १७ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता–२०८० फागुन १ गतेबाट आयोजना हुने भएको छ ।

प्रतियोगिता पोखरा १ बगरस्थित पुरानोटुडिखेल मैदानमा हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको हो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ७१ हजार १ सय ११ शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष असिम थापाले बताए ।

प्रतियोगितामा विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमलाई १० हजार नगद र उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा सहभागि हुन ९ हजार शुल्क राखिएको छ । टिम दार्ता अनुसार खेल अबधि तोकिने आयोजकले जनाएको छ । पोखराको बगरस्थित पुरानो टुडिखेलमा वि.स. २०७० सालमा स्थापना भएको क्लबले सामाजिक तथा खेलकुदको क्षेत्रमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको सचिव रेशम सापकोटाले जनाकारी बताए ।