पपुवा न्यूगिनीमा जातीय हिंसा, गोली हानेर ६० भन्दा बढीको हत्या

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



सिड्नी, ७ फागुन । पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड्स क्षेत्रमा एम्बुशमा परी कयाैं मानिसको मृत्यु भएको छ ।

इङ्गा प्रान्तमा सप्ताहान्तमा भएको एउटा जातीय विवादका क्रममा गोली हानेर कम्तीमा ६४ जनाको हत्या गरिएको प्रहरीले बताएकाे छ ।

हाइल्यान्ड्स क्षेत्रमा लामो समयदेखि हिंसा चलिरहेकाे छ। याे घटना भयावह र यस वर्षमा भएको सबैभन्दा जघन्य हिंसाकाे घटना हाे । साे क्षेत्रमा अधिक मात्रामा हतियार भित्रिएकाे र साेहि हतियार दम्भ विभिन्न समुदायबीचमा देखिएकाे छ ।

प्रहरीका अनुसार राजधानी पोर्ट मोर्स्बीबाट करिब ६०० किलोमिटर उत्तर पश्चिममा रहेको वाबाग सहरबाट शवहरूकाे सङ्कलन शुरू गरिएकाे छ।

रोयल पपुवा न्यूगिनी कन्स्ट्याबलरीका कार्यवाहक प्रमुख जोर्ज काकासले यो इङ्गा वा सम्भवतः समग्र हाइल्यान्ड्ससमा भएकाे अहिलेसम्मकै सबैभन्दा ठूलो हत्या हो ।

प्रहरीले उक्त स्थानमा केही विचलित बनाउने प्रकृतिका भिडिओ र फोटोहरू पनि फेला पारेको छ। भिडिओमा शवहरूलाई एउटा ट्रकमा राखेको देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।बीबीसी