इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल

-



     सफल आवाज    
     फागुन १३ गते २०८० मा प्रकाशित



कोलम्बो, १३ फागुन । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ ।

बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार राति देशको युद्ध क्याबिनेटलाई छलफलका क्रममा उठेका सवाल जवाफबारे जानकारी गराउन फर्किएको सरकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाए ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले बैठकअघि टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘प्रतिनिधिमण्डल पेरिसबाट फर्केको र सम्भवतः सहमतितर्फ अघि बढ्ने ठाउँ रहेको’ बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बैठकमा ‘वार्तामा आगामी कदम’ बारे छलफल हुने बताए । वार्तालाई निरन्तरता दिन आगामी दिनमा कतारमा प्रतिनिधिमण्डल पठाउने सहमति भएपछि बैठक सम्पन्न भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा १०० भन्दा बढी बन्धकलाई मुक्त गरिएजस्तै कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले पनि सम्झौताका लागि प्रयासको नेतृत्व गरिरहेका छन् ।

बन्दीहरूलाई घर फर्काउन सरकारमाथि घरेलु दबाब पनि निरन्तर बढिरहेको छ, शनिबार राति तेल अभिभमा हजारौंको सङ्ख्यामा भेला भएका बन्धक तथा अन्य बन्दीहरूका आफन्तले छिटो निष्कषमा पुग्न माग गरेका छन् ।