यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्यम २५ लाख नाघ्न सक्ने

-



     सफल आवाज    
     फागुन १४ गते २०८० मा प्रकाशित


People enjoy the sea water at Mount Lavinia Beach in Colombo, Sri Lanka, on February 8, 2023. (Photo by Thilina Kaluthotage/NurPhoto via Getty Images)


कोलम्बो, १४ फागुन । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आज बताएका छन् ।

उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए। उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए।

उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् ।

मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताए।