परिवारको सुरक्षाका लागि राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको विपक्षमा फैसला

-



     सफल आवाज    
     फागुन १७ गते २०८० मा प्रकाशित



लण्डन, १७ फागुन । बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उनले कानूनी सङ्कटको सामना गर्नुपरेको सीएनएन टेलिभिजनले जनाएको छ ।

सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उनले कानूनी लडाइ सुरु गरेका थिए ।

बेलायती समाचार संस्था पीएलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, “डिसेम्बरमा अदालतको सुनुवाइका क्रममा ह्यारीका वकिलले ह्यारीबारे गरेको निर्णयले राजकुमार ह्यारीप्रति पक्षपातपूर्ण व्यवहार गरेको तर्क गरेका थिए ।

पीएका अनुसार जुलाई २०२० देखि आफ्नी पत्नी मेगनसँग क्यालिफोर्नियामा बस्दै आएका ह्यारीमाथि ‘सफल आक्रमण’ भएको तर यसले बेलायतको प्रतिष्ठामा पर्न सक्ने सम्भावित असरबारे पनि वकिलहरूले विचार गर्न नसकेको ह्यारीका कानूनी सहयोगीले बताएका छन् ।

अदालतले उक्त निर्णय न्यायोचित र प्रक्रियागत अन्यायरहित फैसला भएको जनाएको छ । यो झट्काका बावजुद राजकुमार ह्यारीका कानुनी प्रवक्ताले फैसलाबारे अपिल गर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।