लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

-



     सफल आवाज    
     फागुन १८ गते २०८० मा प्रकाशित



लण्डन, १८ फागुन । लण्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लण्डनको दक्षिणपश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियम नजिकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो ।

लण्डन फायर ब्रिगेडका अनुसार पाँच तले भवनको भुइँतलाको आधा भाग उद्धारकर्मी आइपुग्दा आगलागीका कारण जलिसकेको थियो । उनले भने, “भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ । दमकल तथा अग्नि नियन्त्रण अधिकारीहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् ।

“आगलागिलाइ नजिकैका भवनहरूमा फैलनबाट रोक्न काम भइरहेको छ,” घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भने। पाँच जनालाई भ¥याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करिब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो ।

धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या भएका करिब ११ जनाको उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको छ ।