करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

-



     सफल आवाज    
     फागुन २३ गते २०८० मा प्रकाशित



काबुल, २३ फागुन । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ ।

“जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैर–खाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरहरूमा जाने व्यवस्था गर्ने गरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ ।

“प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ,” शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भने । साथै, स्वदेश फर्केका केही आप्रवासीले तालिबान सरकारसँग उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् ।

पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीहरूबारे पायिन्दा थर बताउने अफगान नागरिकले भने, “तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौँ त्यसैले स्वतन्त्र रूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।” उनले भने, “हालैका वर्षहरूमा शत्रुताका कारण लाखौं मानिसहरू देश (अफगानिस्तान) छोड्न बाध्य भएका छन् ।”