विकास निर्माणका काममा अब ढिलाइ हुने छैन : उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठ

-



     सफल आवाज    
     फागुन २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ फागुन । सरकारका नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब विकास निर्माणका काममा अब ढिलाइ ढिलाइ नहुने बताएका छन् ।

सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्दै उपप्रधानमन्त्री महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन समेत दिएका छन । “विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु ।

काममा किन ढिलाइ भयो, यसअघि भएका कमी कमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भने, “अब काममा ढिलाइ हुने छैन ।”