
बेइजिङ, २७ फागुन । चीनले यसै साता एक शीर्ष राजनीतिक बैठकमा इन्टरनेट प्रयोगकर्ताहरूलाई प्रतिबन्धित वेबसाइटहरूमा पहुँच प्रदान गर्ने सफ्टवेयरलाई नियन्त्रण (ब्लक) गर्ने प्रयासलाई तीव्रता दिएको सफ्टवेयरको अग्रणी प्रदायक फायरवाल–लिपिङले एएफपीसँग बताएको छ । इन्टरनेटमा विश्वका अन्य मुलुकको तुलनामा बेइजिङले बढी नै नियन्त्रण (सेन्सरशिप) गर्ने गर्छ ।
चीनको मुख्यभूमि वेब प्रयोगकर्ताहरूले ‘भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)’ प्रयोग नगरी गुगलदेखि समाचार वेबसाइटहरूमा सबै प्रकारका पहुँच प्राप्त गर्न असमर्थ छन् । भीपीएन प्रयोग र इन्टरनेट नियन्त्रण बिषयले यस हप्ता वार्षिकरूपमा आयोजना हुने ‘दुई सम्मेलन’ मा हजारौं राजनीतिक प्रतिनिधिहरूको ध्यान केन्द्रित भएको हो ।
बेइजिङमा भएका ती सम्मेलनका समय भीपीएन सफ्टवेयरले नियन्त्रणका लागि सङ्घर्ष गरिरहे पनि नियन्त्रण प्रयासले सार्थकता पाउन नसकेको देखिन्छ । “अहिले चीनमा राजनीतिक भेटघाटका कारण सेन्सरसिप बढेको छ”, लिस्टेनस्टाइनबाट सञ्चालित भीपीएन सेवा एस्ट्रिलका एक प्रतिनिधिले एएफपीसँग भने, दुर्भाग्यवश, सबै भीपीएन प्रोटोकलहरू यस समयमा काम गरिरहेका छैनन् ।”
“हामी सबै सेवाहरूलाई सामान्य अवस्थामा फर्काउन गहन रूपमा काम गरिरहेका छौं, तर हाल इन्टरनेट नियन्त्रणका लागि चीनमा कुनै विद्युतीय प्रणाली (ईटीए) कार्यान्वयनमा रहेको छैन ।” सरकारी अनुमति बिना भीपीएनजस्ता अवरुद्ध वेबसाइटहरूमा पहुँचका लागि प्रयोग गरिने भीपीएन सफ्टवेयर प्रयोगलाई चीनमा अवैध मानिन्छ ।
राज्यका सुरक्षाकर्मी र कूटनीतिज्ञहरूलाई भने पहिले ट्वीटरका नामले ख्याति कमाएको सामाजिक सञ्जाल एक्सजस्ता प्रतिबन्धित वेबसाइटहरूमा पहुँचका लागि ती सफ्टवेयरको प्रयोगलाई अनुमति दिइएको छ । सम्मेलनलाई मध्यनजर राखी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुरक्षा अधिकारीहरूले कुकुरसहित हातमा रातो पट्टी बाँधेका वृद्ध स्वयंसेवकहरूसँग सडकमा गस्ती गरिरहेका र शंकास्पद व्यवहारको लागि पैदल यात्रीहरूको निगरानी गरिरहेका पाइन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




