मोदिका कट्टर आलोचक केजरीवाल किन परे पक्राउ ?

-



     सफल आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० चैत । मदिराको घोटाला काण्डमा भारत दल्लिीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेपछि नेपालसहित विश्वका प्रमुख मिडियाले खबरलाई मुख्य प्रिष्ठमा छापेका छन् ।

वाशिंटन पोष्टले केजरीवालको बिहिबार विपक्षी नेताको ठूलो गिरफ्तारी भनेर लेखेको छ । यसअघि झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको गिरफ्तारी भएको थियो । पत्रिकाले मदिरा नीति बारे केजरीवालको भूमिका अस्पष्ट भएको बताएको छ ।

सिएनएनले भारतमा एक महत्वपूर्ण विपक्षी नेतालाई पक्राउ गरिएको छ । निर्वाचनअघि भएको पक्राउ बारे विपक्षीले असमतिका प्रश्नहरु उठाएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक रहेका केजरीवालको पक्राउ प्रकणले मोदीलाई सत्तामा जानबाट रोक्ने उदेश्यमा ब्रेक लगाएको छ ।

उता बीबीसीले भारतका बिपक्षी दलका नेताहरुले उनको गिरफ्तारीको बिरोध गरेको र केजरीवालमाथि लगाईएको आरोप गलत भएको उल्लेख छ । उनको गिरफ्तारीमा कांग्रेसको आरोप पनि रहेको छ ।

उनले मोदी सरकारले पार्टीको खाता जफत गरेको आक्षेप लगाएका छन् । यसको कारण उनलाई चसनाव प्रचारमा समस्या भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार नर्विाचनमा दलहरुले करोडौं रकम खर्च गरिरहेका छन् । यो चुनाव जित्ने होड हो । मोदी सरकारले अनुसन्धान एजेन्सिहरुलाई विपक्षी विरुद्ध प्रयोग गरेको उनीहरुले आरोप लगाएका छन् ।

स्मरणरहाेस् भारतमा आगामी अप्रिल १९ देखि १ जुनसम्म सात चरणमा निर्वाचन हुँदैछ