
नैरोबी, ११ चैत । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ ।
आइतबार विश्व क्षयरोग दिवस हो । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोगको अन्त्य गर्न सक्छौं’ भन्ने रहेको छ । सरकार, उद्योग र दातृ साझेदारहरूले नयाँ निदान, खोप र उपचारमा लगानी गरेपछि अफ्रिकामा क्षयरोगको उच्च बोझलाई उल्लेखनीय रूपमा कम गर्न सम्भव हुने डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले बताए।
“अफ्रिकामा एचआईभी र एड्सको सङ्ख्यालाई उछिन्दै क्षयरोग एउटा मात्र सङ्क्रामक एजेन्टबाट हुने मृत्युको दोस्रो प्रमुख कारण बनेको छ,” उनले भने।
“सन् २०२२ मा अफ्रिकी महाद्वीपमा लगभग २५ लाख व्यक्तिहरू यो रोगको सङ्क्रमणको चपेटामा परेका थिए, जुन प्रत्येक १३ सेकेन्डमा एक व्यक्ति बराबर हो”, केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा मोएतीले भने, “सन् २०२२ मा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख २४ हजार पुगेको छ र यसका कारण क्षयरोग रोकथाम र उपचार गर्न सकिने अवस्थामा पनि हरेक मिनेटमा एक जनाको मृत्यु भएको छ ।”
यी तथ्याङ्कहरूले जारी क्षयरोग महामारीलाई सम्बोधन गर्न हाम्रो सामूहिक कार्यको तात्कालिकतालाई जोड दिन्छ र यसलाई अन्त्य गर्न निरन्तर प्रयासको आवश्यकतालाई उजागर गर्दछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




