बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

-



     सफल आवाज    
     चैत्र १६ गते २०८० मा प्रकाशित


лªÉçÕÕƬ£¬²©÷¡£¨º£ÄÏ£©£¬2024Äê3ÔÂ28ÈÕ 3ÔÂ28ÈÕÉÏÎ磬ȫ¹úÈË´ó³£Î¯»áίԱ³¤ÕÔÀÖ¼ÊÔÚº£Äϲ©÷¡³öϯ²©÷¡ÑÇÖÞÂÛ̳2024ÄêÄê»á¿ªÄ»Ê½£¬²¢·¢±íÌâΪ¡¶ÍŽáЭ×÷£¬¹²Ó­ÌôÕ½£¬Ð¯ÊÖ¿ª´´ÑÇÖÞºÍÊÀ½çÃÀºÃδÀ´¡·µÄÖ÷Ö¼Ñݽ²¡£ лªÉç¼ÇÕß ÅÓÐËÀ× Éã


बोआओ (चीन), १६ चैत । यस वर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता र सहकार्यका लागि चीनले आह्वान गरेको छ ।

चीनको अगुवाईमा सम्पन्न यस सम्मेलनमा चीनले थप खुलापन र साझा विकासका आकाङ्क्षा परिपूर्तिका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ । चीनले पछिल्ला वर्षहरुमा उच्च—गुणस्तरयुक्त विकास समेतका सबै मोर्चामा तिब्र विकास गरिरहेको जनाउँदै यसबाट विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने तथा सबै देशको समतामुलक विकासका लागि बढीभन्दा बढी अवसर सिर्जना हुने अपेक्षा पनि गरेको छ ।

वार्षिक सम्मेलनको उद्घाटनका अवसरमा सम्बोधन गर्दै चीनका वरिष्ट सांसद झाओ लेजीले समतामुलक यस विकास प्रयासबाट एसियाली छिमेकी मुलुकहरु अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे। साझा विकास प्रतिबद्धता हाल विश्वले नै कमजोर आर्थिक पुनरुत्थान र क्षेत्रीय द्वन्द्व समेतका गम्भीर चुनौती सामना गरिरहेको छ । यी विषयलाई सम्बोधन गर्न र आफू अनुकूलका परिणामहरु हासिल गर्न देशहरुबीच ऐक्यबद्धता र सहयोग अत्यावश्यक भइसकेको छ ।

नेसनल पिपल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओले एसियाली मुलुकहरुलाई तटस्थ रहन, एकता मार्फत शक्ति सञ्चय गर्न, एकात्मकतालाई अस्वीकार गर्न तथा कुनै एक पक्षमा आबद्ध नहुन तथा एसियालाई भूराजनीतिक प्रतिस्पर्धाको क्षेत्र हुनबाट रोक्न आह्वान गरे।

झाओले भने, चीनले समान र नियमबद्ध बहुध्रुवीय विश्वको पक्षमा वकालत गर्दछ । साथै उनले विश्वले समान रुपमा लाभ प्राप्त गर्ने तथा समतामुलक आर्थिक वैश्वीकरणको पक्षपोषण गर्ने बताउँदै ध्रुवीय विवादको पश्चगामी मानसिकताबाट माथि उठ्न र सही अर्थको बहुपक्षीयता अभ्यास गर्न तथा खुला विश्व अर्थतन्त्रका लागि मिलेर अघि बढ्न सबै मुलुकसँग आग्रह गरे।