नको औद्योगिक अनुदानले विश्व अर्थतन्त्रलाई जोखिम : येलेन

-



     सफल आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित



गान्झाओ, चीन, २२ चैत । चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी चीन भ्रमणका क्रममा रहेका अमेरिकी ट्रेजरी प्रमुख जेनेट येलेनले शुक्रबार बताएकी छन्।

एक वर्षभन्दा कम समयको अन्तरालमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भ्रमणका क्रममा चिनियाँ अधिकारीसँग भेट्ने क्रममा येलेन बिहीबार ग्वाङ्झाओ आइपुगेकी हुन्। उनले भनिन् “चीनको अत्यधिक निर्यात क्षमता र उद्योगमा यसले दिएको ठूलो अनुदानले विश्व बजारमा आर्थिक समस्या ल्याउने वस्तुहरूको अधिकता सिर्जना गर्ने जोखिम निम्त्याउँछ र यसले अमेरिकी र अन्य देशका फर्महरूलाई कमजोर पार्छ ।”

“चीनको घरेलु मागभन्दा उल्लेखनीय रूपमा बढी छ । विश्व बजारले के सहन सक्छ भन्नेमा जिम्मेवार मुलुकले सोच्नुपर्छ । चीनको प्रत्यक्ष र अप्रत्यक्ष सरकारी सहयोगले हाल अत्यधिक उत्पादन क्षमतातर्फ डो¥याइरहेको छ ।” उनले क्षमताभन्दा बढी क्षमताका कारण ठूलो परिमाणमा निर्यात हुन सक्छ र यसले आपूर्ति शृङ्खलाको अतिकेन्द्रीकरण गर्न सक्छ, जसले विश्वव्यापी आर्थिक लचिलोपनको लागि जोखिम निम्त्याउन सक्छ भनिन् ।

चीनको सुधार र विकासको प्रतीक मानिने ग्वाङझाओ र चीनको आर्थिक वृद्धिलाई गति दिएको ग्ग्वाङझाओका गभर्नरसँगको भेटमा उनले अमेरिका ‘स्वस्थ आर्थिक सम्बन्ध’ को लागि प्रतिबद्ध रहेको पनि बताइन् तर, यसका लागि ‘अमेरिकी कामदार र फर्महरूका लागि समान खेल मैदान’ को आवश्यकता पर्दछ अर्थात् चीनमा अमेरिकी लगानीलाई प्रोत्साहन गर्न समानताका आधारमा व्यवहार गर्नुपर्ने र असहमत भएका क्षेत्रहरूमा खुला र प्रत्यक्ष सञ्चारको आवश्यकता हुनुपर्छ ।

येलेनले भनिन्, “यसमा संयुक्त राज्य अमेरिका र अन्य देशहरू चिन्तित बनाएको चीनको औद्योगिक क्षमताको मुद्दा पनि समावेश छ । यसले विश्वव्यापी ‘समस्या’लाई निम्त्याउन सक्छ । बेइजिङले उद्योगका लागि आफ्नो विशाल राज्य समर्थनको बारेमा चिन्तालाई अस्वीकार गरेको छ, गत महिना ईभीको लागि यसको सब्सिडीमा ईयूको जाँचलाई ‘संरक्षणवाद’ र अन्तर्राष्ट्रिय व्यापारको राजनीतिकरण गर्ने पश्चिमी प्रयासको एक भागको रूपमा निन्दा गरेको थियो ।