
बेइजिङ, २४ चैत । सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार शहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् ।
चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चिकित्सा बीमा, प्रमुख रोग बीमा र चिकित्सा सहायतासहितको तीन तहको स्वास्थ्य सेवा सुरक्षा प्रणाली स्थापना गरेको छ ।
आधारभूत चिकित्सा बीमाद्वारा सेवा लाभ गरेका करिब एक अर्ब व्यक्तिहरू पनि प्रमुख रोग बीमाद्वारा लाभान्वित भई अतिरिक्त शुल्कबाट मुक्त भएका छन् ।
हाल, कुनै निश्चित क्षेत्रमा प्रमुख रोग बीमाको लागि न्यूनतम भुक्तानी मापदण्ड अघिल्लो वर्ष स्थानीय बासिन्दाहरूको प्रतिव्यक्ति ‘डिस्पोजेबल आय’को ५० प्रतिशतभन्दा बढी हुनुहुँदैन र प्रतिपूर्ति दर उनीहरूको मेडिकल बिलको ६० प्रतिशतभन्दा कम हुनुहुँदैन ।
सबै करहरू भुक्तानी गरेपछि बाँकी आम्दानीलाई डिस्पोजेबल आय भनिन्छ । न्यूनतम निर्वाह भत्ता प्राप्त गर्ने, विशेष कठिनाइ भएका व्यक्ति हरू र गरिबीमा पर्ने वा फर्कने व्यक्तिहरूको लागि प्रतिपूर्ति दर ५ प्रतिशत बिन्दु बढी हुनुपर्दछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




