गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

-



     सफल आवाज    
     वैशाख १६ गते २०८१ मा प्रकाशित



रियाद, १६ वैशाख । गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ । विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, “विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ । “हामी यस्तो क्षणमा भेट्छौं जब एक गलत निर्णय वा एक गलत अनुमान वा एक गलत सञ्चारले हाम्रो चुनौतीलाई अझ बढाउनेछ ।

एएफपीले इजरायली आधिकारिक तथ्याङ्कको आँकडाअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको गाजा युद्धका कारण करिब एक हजार १७० व्यक्तिको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए ।

आक्रमणका क्रममा गत अक्टोबर ७ मा लडाकुहरूले कब्जामा लिएका १२९ जना बन्धकहरू अझै गाजामा रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ ।