
बेइजिङ, १७ वैशाख । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले सोमबार उच्च वर्षा र आँधीको अनुमान सहित पहेंँलो चेतावनी नवीकरण गरेको छ । सोमबारदेखि मङ्गलबारसम्म भारी वर्षा र आँधीबेहरीले चोङकिङ, गुइझोउ, याङ्जी नदीको दक्षिण र दक्षिण चीनका भागहरूमा असर गर्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ ।
मौसम विज्ञान केन्द्रका अनुसार हुनान, जियाङ्सी, फुजियान, गुआङ्सी र गुआङ्डोङका केही क्षेत्रमा एक सयदेखि दुई सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय सरकारहरूलाई सम्भावित खतरनाक बाहिरी बिजुली आपूर्ति कटौती गर्न र खुला क्षेत्रमा बाहिरी सञ्चालन स्थगित गर्न आग्रह गरिएको छ ।
केन्द्रले सहरी क्षेत्र र कृषि भूमिमा आवश्यक जल निकासी उपायहरू अपनाउन पनि सुझाव दिएको छ । चीनमा चार–स्तरीय, रङ–कोडित मौसमी चेतावनी प्रणाली प्रचलनमा छ । यसमा रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो चेतावनी जारी गरिन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




