
ह्युस्टन (अमेरिका), २८ वैशाख । संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई हजार पाँच सय ६३ अर्ब घनफिट रहेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले बिहीबार बताएको छ ।
यो अघिल्लो साताको तुलनामा ७९ अर्ब घनफिटले शुद्ध वृद्धि भएको उक्त संस्थाले बताएको छ । इआइए ऊर्जाको तथ्याङ्क सङ्कलन, विश्लेषण, सञ्चालन र पूर्वानुमान गर्ने जिम्मेवार सरकारी निकाय हो ।
इआइएको साप्ताहिक प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनअनुसार कूल कार्यशील ग्यास भण्डारण गत वर्षको यही समयको तुलनामा २१ प्रतिशतले र पाँच वर्षको औसतभन्दा ३३ दशमलव तीन प्रतिशतले बढेको छ । कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको छ ।
यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । यसको भण्डारण क्षमतालाई डिजाइन क्षमता र अधिकतम कार्यशील ग्यास क्षमता गरी दुई तरिकाले मापन गरिन्छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




