युक्रेनी सेनाले रुसको बेलगोरोडमा गोलाबारीपछि १७ जना अस्पताल भर्ना

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



मस्को, ३० वैशाख । युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठूलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बताएका छन् ।

उनले शनिबार गोली प्रहार भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। साँझमा भएको ठूलो गोलाबारीपछि २९ जना प्रभावित भएका र त्यसमध्ये दुई महिलाको अवस्था अत्यन्तै नाजुक रहेको छ ।

चिकित्सकहरूले उनीहरूको जीवन बचाउनका लागि सक्दो प्रयास गरिरहेका गभर्नरले बताए । तीन सयभन्दा बढी अपार्टमेन्ट र धेरै सामाजिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए ।