‘म्यान्माको सशस्त्र समूहको उत्पीडनमा परी हजारौँ रोहिङ्ग्या विस्थापित’

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ जेठ । म्यान्माको अराकान आर्मीले गत नोभेम्बरमा सेनाप्रति बफादार (जुन्टा) सरकार र सेनामाथि आक्रमण गरेपछि रखाइनमा झडप हुँदा हजारौँ अल्पसङ्ख्यक रोहिङ्ग्या विस्तापित भएका समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका म्यान्माका अधिकारकर्मीले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले बढ्दो हिंसाका कारण रोहिङ्ग्या समुदाय समस्यामा परेको बताएको एक दिनपछि अधिकारकर्मीहरूले म्यानमाको जातीय सशस्त्र समूह अराकान आर्मीका कारण पश्चिमी रखाइन राज्यमा उत्पीडन बढेको र हजारौँ अल्पसङ्ख्यक विस्थापित भएको आरोप लगाएका हुन् ।

अराकान आर्मीले गत नोभेम्बरमा जुन्टा सेनामाथि आक्रमण गरेपछि रखाइनमा तनाव बढेको छ र यसले सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि जारी युद्धविराम अन्त्य भएको छ । उत्पीडनमा परेका रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका करिब छ लाख सदस्य रहेको राज्यमा जातीय रखाइन जनसङ्ख्याका लागि थप स्वायत्तताका लागि सङ्घर्ष गरिरहेको अराकन समूहले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको सेनाको कारबाहीका क्रममा लाखौं रोहिङ्ग्याहरू रखाइनबाट भागेका थिए । विभिन्न रोहिङ्ग्या सङ्गठनले विदेशबाट जारी गरेको संयुक्त वक्तव्यमा अराकन लडाकुहरूले गत हप्ता रोहिङ्ग्या बासिन्दालाई बुथिडाउङ शहर छोड्न बाध्य पारेको र त्यसपछि उनीहरूका घरहरू जलाएको र लुटपाट गरेको उल्लेख छ ।