
बागदाद (इराक), १९ जेठ । इराक सरकारले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमआई) समाप्त गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई स्वागत गरेको छ ।
इराक सरकारका प्रवक्ता बासिम अल–अवादीले विज्ञप्तिमा इराकी सरकारले सन् २०२५ को डिसेम्बर ३१ सम्ममा संयुक्तराष्ट्र मिसन समाप्त गर्न सर्व सम्मतिले जारी प्रस्तावलाई स्वागत तथा स्विकार गर्दछ । विज्ञप्तिका अनुसार इराकी सरकारले इराकमा राष्ट्रसङ्घ र यसका विकास कार्यक्रमसँग दिगो सहयोग र साझेदारी जारी राख्ने वाचा गरेको छ ।
यसअघि, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सर्वसम्मतिले युएनएएमआइको जनादेशलाई अन्तिम १९ महिनाको अवधिका लागि विस्तार गर्ने निर्णय गरेको छ । निर्णयअनुसार निर्धारित समयपछि मिसनले सबै काम बन्द गर्नेछ ।
उक्त मिसन अमेरिकी गठबन्धनको आक्रमण पछि इराक सरकारको अनुरोधमा सन् २००३ मा इराकी सरकार र जनतालाई विभिन्न क्षेत्रमा सल्लाह, समर्थन र सहयोग प्रदान गर्न सुरक्षा परिषद्ले सुरु गरेको हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




