थप पहिरोको जोखिम देखिएपछि पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने

-



     सफल आवाज    
     जेठ २३ गते २०८१ मा प्रकाशित



पोर्ट मोरेस्बी, २३ जेठ  । पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ ।

“थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको छ,” मेजर जो अकुले एएफपीसँग भने । “यो अवस्थामा उद्धारका लागि तत्काल कुनै सम्झौता हुँदैन”, उनले भने, “बाँचेकाहरूको प्रियजनहरूलाई पुनःप्राप्त गर्ने आशामा धक्का लागेको छ ।”

घटनास्थलको रेखदेख गरिरहेका एक प्रमुख सैन्य अधिकारी अकुले पहाडी पहिरोस्थल क्षेत्रलाई ‘सबैका लागि प्रवेश निषेध क्षेत्र’ घोषणा गरे। यसलाई अर्को सूचना जारी नभएसम्मका लागि समुदाय र अधिकारीको प्रवेश निषेधसहित घेराबन्दी गरिनेछ ।

पपुवा न्यू गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम वस्तीलाई विस्थापित गरेको ६०० मिटर लामो पहिरोस्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ । अहिले उद्धारको प्रयास बन्द भएकोले विपत्तिको कारण वास्तविक कति जनाको मृत्यु भयो भन्नु अनुमान मात्र हो ।