अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल

-



     सफल आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित



तेल अवीव (इजरायल), २९ जेठ । मध्यपूर्वको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको बैठकमा बन्धक प्रस्ताव र गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गरे।

“विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरे । उनले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, र गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय र दिगो वृद्धि गर्ने राष्ट्रपति बाइडेनले उल्लेख गरेको व्यापक प्रस्तावको संयुक्त राज्य अमेरिका र अन्य विश्वका नेताले समर्थन गर्ने बताए ।

ब्लिन्केनले जुन १० देखि १२ सम्म इजिप्ट, इजरायल, जोर्डन र कतार भ्रमण गर्ने बताए। विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री ब्लिङ्केनले इजरायलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिए। उनले टेबुलमा रहेको प्रस्तावले इजरायलको उत्तरी सीमामा शान्तिको सम्भावना खुला गर्ने कुरा दोहोर्याए ।

विदेशमन्त्रीले इजरायली र प्यालेस्टिनीलाई दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता प्रदान गर्ने प्रयासको महत्त्वलाई जोड दिँदै द्वन्द्वपछिको अवधिका लागि योजना बनाउन जारी कूटनीतिक प्रयासको बारेमा प्रधानमन्त्री नेतान्याहूलाई सुझाव दिए।