मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु

-



     सफल आवाज    
     असार ३ गते २०८१ मा प्रकाशित



झेङ्झोउ, चीन, ३ असार । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ ।

ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए । आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरु अचेत अवस्थामा भेटिएका थिए ।

बेहोस अवस्थामा भेटिएका उनीहरूको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर उनीहरू सबै येक्सियान काउन्टीको होङझुआङयाङ शहरमा शनिबार बिहान ३ बजेसम्ममा सबैजना मृत घोषित भएका थिए ।

यस घटनासँग सम्लग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरू गरिएको छ ।