मोदीले संसद्को प्रथम बैठकको पहिलो सत्रबाट तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

-



     सफल आवाज    
     असार १० गते २०८१ मा प्रकाशित



राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्ने भएका छन् ।

एक दशकपछि पहिलो पटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता पार्टी (भाजपा) सरकारले अघिल्ला कार्यक्रमलाई कसरी प्रस्तुत गर्छ भनेर विशेष चासोका साथ हेरिएको छ । भाजपाले एकल सरकार बनाएका समय घोषणा गरेका कतिपय कार्यक्रमहरू यो सरकारले त्याग्छ वा निरन्तरता दिन्छ यसमा सबैको चासो रहेको छ ।

जुलाई ३ सम्म चल्ने पहिलो सत्रमा मोदीको तेस्रो कार्यकालको योजना र सन् २०१४ देखि रिक्त रहेको विपक्षी दलको नेताको रूपमा राहुल गान्धीको सम्भावित औपचारिक नियुक्तिको पूर्वावलोकन हुनेछ । विश्लेषकहरूले ७३ वर्षीय मोदीले आफ्ना हिन्दू राष्ट्रवादी एजेन्डालाई संयमित गर्दै आफ्ना गठबन्धन साझेदारलाई आश्वस्त पार्ने, पूर्वाधार, सामाजिक कल्याण र आर्थिक सुधारमा बढी ध्यान केन्द्रित गर्ने अपेक्षा गरेका छन् ।

संसदीय मामिलामन्त्री किरेन रिजिजुले सोमबार अधिवेशन ‘शान्तिपूर्ण र उपलब्धिमुलक’ हुने बताएपनि भारतीय सञ्चारमाध्यमले भने अझ बलियो प्रतिपक्षसँग जीवन्त बहस हुने अपेक्षा गरेको बताएका छन् । पहिलो दुई दिन नवनिर्वाचित सांसदले सपथ लिएसँगै संसद्को अधिवेशन सुरु हुनेछ ।