
साना, १३ असार । यमनको हुथी समूहले बुधबार इराकी लडाकूसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ ।
“इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज ’एमएससी मान्जानिलो’लाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको छ,” हुथी सैन्य प्रवक्ता याह्या सारियाले अल–मसिराह टेलिभिजनमार्फत जानकारी गराए । उनले आक्रमणले पूर्ण सफलता हासिल गरेको जानकारी गराए ।
“हामी प्यालेस्टिनी जनताको समर्थनमा इराकी इस्लामिक प्रतिरोधसँग यो संयुक्त सैन्य कारबाही जारी राख्नेछौं,“ सारियाले यस आक्रमणलाई इजरायल–प्यालेस्टाइन सङ्घर्षसँग जोड्दै भने। उनले प्यालेस्टाइनमा इजरायली आक्रमणको अन्त्य र गाजामा नाकाबन्दी हटाउन माग गरे।
इजरायली अधिकारीहरूले अहिलेसम्म कथित हुथी आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् । साथै संयुक्त राज्य सामुद्रिक व्यापार अपरेसनले बुधवार यमनको बन्दरगाह सहर एडेनको दक्षिणमा एउटा व्यापारी जहाज नजिकै पनि मिसाइल विस्फोट भएको जानकारी दिएको छ ।
रिपोर्टले चालक दललाई कुनै चोटपटक नलागेको र जहाजले आफ्नो यात्रा जारी राखेको संकेत गरेको छ । नोभेम्बर २०२३ देखि हुथीहरूले गाजा द्वन्द्वमा प्यालेस्टिनी समर्थनको दाबी गर्दै ढुवानी जहाजहरुमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




